Tuesday, September 9, 2008

परदेश


पराई यो शहरमा
कसको साथ हासुँ अब
जिन्दगीका दु:ख पीडा
को सँग म बाडुँ अब,

विहानीको उषा सँगै
आवाज बनी तिमी आउँथ्यौ
गोधुलिको शुन्यतामा
शब्द बनी तिमी छाउँथ्यौ,

बिना तिम्रो साथ आज
सारा संसार शुन्य लाग्छ
तिमीलाई भेट्न भनी
उडी आउँ-आउँ लाग्छ,

परदेशमा भए पनि
तिमी नै छौ आँखाभरी
साँची राख मेरो माया
भेट्न आउँछु घरि-घरि ।

1 comment:

Bhim Prasad Ghimire said...

आज गुगलमा घिमिरे सर्च गर्दा यो ब्लगमा आइपुगियो । राम्रो रहेछ । तर, निरन्तरता दिएको ठीक हुन्छ । कविता अघि राखिएको तस्बिर राम्रो लाग्यो ।