म र मेरो जन्म दिन

Posted on 12:50 PM























दुरी सबै मेटाइ आज
तिम्रो निश्चल नयनमा
एकै छिन अटाउन चाहन्थें
तड्पी काट्छु बाँकी दिन त
कमसेकम मेरो जन्म दिन
तिमीसँग बिताउन चाहन्थें
अफशोस तिमी कहाँ, म कहाँ
फगत आवाजहरुमा तिम्रो साथ छ
केवल शब्दहरुमा तिम्रो आत्मियता छ,
कति सुन्दर हुने थियो जिन्दगी
जब मेरो खुशीमा हाँसीदिने मुस्कान
मेरो सामु छाइदिने थियो त
कति सार्थक हुने थियो जिन्दगी
जब मेरा यी निरीह हातहरुमा
तिम्रो हातेमालो हुने थियो त,
म कता-कता हराइरहन्छु
तिमीलाई भेट्ने अटुट आशामा
म एक्लै-एक्लै कल्पिरहन्छु
त्यो दिनको सुमधुर प्रतिक्षामा
मनभरी एउटा विश्वास बोकेर
त्यो दिन आउनेछ
एक दिन अवश्य आउनेछ
जब यो नीरस जन्म दिनमा
अनौठो उन्माद छाउनेछ
जिन्दगीले जिउनुको
साँचो अर्थ पाउनेछ ।

Reactions: 

Happy Valentine, my love!

Posted on 3:58 PM

















Happy Valentine, my love!
All my love is yours.
Praised be love that brings us home,
Pilgrims to these shores.
Yearnings here find harborage;
Vanities, sly smiles.
All that righteous anger rends,
Love here reconciles.
Even in the darkness where
No bitterness finds rest,
Thoughts of you are like a dawn
Intent on happiness.
Nor would I have so light a heart
Except that I am blessed!

Source: http://www.poemsforfree.com/happyv.html

Reactions: 

तिम्रो साथ

Posted on 1:40 PM
















तिम्रो मनको मझेरीमा बास पाउँदा रमाएछु
थाहै नपाई जिन्दगीलाई तिम्रो हातमा थमाएछु

हिजोसम्म पराई थियौ आज आफ्नो मन दिएँ
अटुट साथ तिम्रो अनि मधुर माया कमाएछु
एक्लो यात्रा कति गर्नु थकाईं मार्छु भन्दै थिएँ
थाहै नपाई जिन्दगीलाई तिम्रो हातमा थमाएछु

उड्दै थिएँ बतासमा सिमलको भुवा जस्तै
तिमी आयौ कतैबाट हात तिम्रो समाएछु
मीठो लाग्न थाल्यो साथ जुनेली र जुन जस्तै
थाहै नपाई जिन्दगीलाई तिम्रो हातमा थमाएछु ।

Reactions: 

Happy New Year 2009

Posted on 11:33 AM


















" विहानीको झुल्के घाम झैं
नुतन उमंग छरीरहनु तिमी
सिंढी अझै चढ्नु छ धेरै
हरपल सफलता पाईरहनु तिमी"

सबैलाई नव वर्ष २००९ को यही शुभकामना .

Reactions: 

तिमीलाई नै सम्झन्छु

Posted on 5:51 PM


















म अनायसै रोकिन्छु,
जब केही लेख्न खोज्छु
मेरो धड्कनमा तिमी धड्किदिन्छौ
मेरो नशा-नशा मा तिमी छाइदिन्छौ
अनि म कसरी लेख्न सक्छु,
तिमीलाई नै सम्झन्छु

कल्पनामा डुब्न खोजुँ,
भावनामा हराउँ म
चाहे अरु केही नै गरुँ
एक्लोपनले सताईरहन्छ
अनि म के नै भन्न सक्छु,
तिमीलाई नै सम्झन्छु

सपनीमा तिमीलाइ नै भेट्छु
पढ्न खोज्दा तिम्रै मुहार देख्छु
हरेक श्वासमा तिमीलाइ पाउँछु
तिम्रो यादमा एक्लै मुस्कुराउँछु
अनि म कसरी भुल्न सक्छु,
तिमीलाइ नै सम्झन्छु

म तिमीलाई भेटिरहन्छु
तिम्रो महशुस गरिरहन्छु
तिमीलाइ स्पर्श गरिरहन्छु
तिमीसँग नै बोलिरहन्छु
तर यथार्थमा के नै गर्न सक्छु,
फगत तिमीलाइ सम्झन्छु ।

Reactions: 

के यही हो माया?

Posted on 3:12 PM























एकै दिनको बिछोड पनि यती साह्रो हुँदो रैछ
उसकै यादले घरि घरि यो छातीमा छुँदो रैछ

बुझ्न मैले सकिन यो माया भन्ने चिजै कस्तो
चिनाजानको दुई दिनमा नै हरपल सँगै रहुँ जस्तो
उसलाई पनि यस्तै हो कि मलाई मात्र हुँदो रैछ
उसकै यादले घरि घरि यो छातीमा छुँदो रैछ

न भेटेको छु उसलाई, न त मैले देखेको छु
तैपनी आँखाभरी उसकै तस्वीर राखेको छु
निदरीमा मा सपनी नि उसको मात्र हुँदो रैछ
उसकै यादले घरि घरि यो छातीमा छुँदो रैछ ।

Reactions: 

तिम्रो आगमन

Posted on 4:01 PM

















मन्द मन्द मुस्कानका साथ
निश्चल एउटा मुहार
मेरो कोठाको मधुर रोशनीमा
अनायसै छाइदिन्छ
परिचित चेहरा थियो त्यो
तर आश्चर्यपूर्ण थियो
उनको त्यो अप्रत्याशित आगमन,
उनी जो मेरो नजरबाट
लुकी-लुकी भाग्ने गर्थिन
जो आफ्नो मुस्कानलाइ
मेरो सामु लुकाउँथिईन्
आज मेरो समीपमा
मेरो साथ खोज्दै थिईन्
म किंकर्तव्यविमुढ हुन्छु
आफ्नै अधरमा भावहरु खोज्छु
आत्मियता पोख्ने शब्दहरु सँगाल्छु
अनि उन्मादको पराकाष्ठामा
हठात प्रकट गर्न पुग्छु म
आखिर मेरो मनोभाव बुझीछौ
मेरो नयनका भाषा पढीछौ
तर फेरी सुटुक्क
तिमी कतै नभाग्नु है
मलाई एक्लै तड्पाएर
ऋतु जस्तै नबदलिदिनु है,
अनौठो त्यो संगममा
कता-कता रुमल्लिंदै म
वर्षौंदेखी गुम्सिएका भावना
नयनबाट अविरल बगाइदिन्छु
यस्तो लाग्थ्यो
अब ती आँसु साँच्नुको
कुनै अर्थ रहने छैन
मेरा यी नयनहरुमा पुन:
आँसुको भेल बग्ने छैन ,
कोमल हातहरुले उनी
पोखिएका वेदना पुछिदिन्छिन
नीरस मेरो जिन्दगीमा
नूतन उमंग भरिदिन्छिन
म टोलाईरहन्छु
उनकै मुहारविन्दुमा
म हराईरहन्छु
उनकै मायालु स्पर्शमा
आखिर,
उनी मेरो निम्ती नै आएकी रहिछिन्
मीठो आश्चर्य बनेर आएकी रहिछिन्
मेरो जीवनको क्यानभास सजाउने
रंग र कुची बोकेर आएकी रहिछिन् ।

Reactions: 

Followers

FEEDJIT Live Traffic Feed

FEEDJIT Live Traffic Map