Tuesday, January 13, 2009

तिम्रो साथ


तिम्रो मनको मझेरीमा बास पाउँदा रमाएछु
थाहै नपाई जिन्दगीलाई तिम्रो हातमा थमाएछु

हिजोसम्म पराई थियौ आज आफ्नो मन दिएँ
अटुट साथ तिम्रो अनि मधुर माया कमाएछु
एक्लो यात्रा कति गर्नु थकाईं मार्छु भन्दै थिएँ
थाहै नपाई जिन्दगीलाई तिम्रो हातमा थमाएछु

उड्दै थिएँ बतासमा सिमलको भुवा जस्तै
तिमी आयौ कतैबाट हात तिम्रो समाएछु
मीठो लाग्न थाल्यो साथ जुनेली र जुन जस्तै
थाहै नपाई जिन्दगीलाई तिम्रो हातमा थमाएछु ।