Monday, April 20, 2009

म र मेरो जन्म दिन


दुरी सबै मेटाइ आज
तिम्रो निश्चल नयनमा
एकै छिन अटाउन चाहन्थें
तड्पी काट्छु बाँकी दिन त
कमसेकम मेरो जन्म दिन
तिमीसँग बिताउन चाहन्थें
अफशोस तिमी कहाँ, म कहाँ
फगत आवाजहरुमा तिम्रो साथ छ
केवल शब्दहरुमा तिम्रो आत्मियता छ,
कति सुन्दर हुने थियो जिन्दगी
जब मेरो खुशीमा हाँसीदिने मुस्कान
मेरो सामु छाइदिने थियो त
कति सार्थक हुने थियो जिन्दगी
जब मेरा यी निरीह हातहरुमा
तिम्रो हातेमालो हुने थियो त,
म कता-कता हराइरहन्छु
तिमीलाई भेट्ने अटुट आशामा
म एक्लै-एक्लै कल्पिरहन्छु
त्यो दिनको सुमधुर प्रतिक्षामा
मनभरी एउटा विश्वास बोकेर
त्यो दिन आउनेछ
एक दिन अवश्य आउनेछ
जब यो नीरस जन्म दिनमा
अनौठो उन्माद छाउनेछ
जिन्दगीले जिउनुको
साँचो अर्थ पाउनेछ ।