Tuesday, October 21, 2008

तिम्रा यादहरु

गोधुलीमा चियाउँछु
सधैं सधैं तिम्रो बाटो
भक्कानिन्छ मुटु मेरो
बल्झिदिन्छ फेरी खाटो

कति मीठा थिए वाचा
सँगै बाँच्ने मर्ने हामी
आज कसलाई अंगाल्दैछौ
प्रिया तिमी मेरो साटो

सम्हालुँ खै कसरी म
विरही यो जिन्दगीलाई
आफ्नै मात्र दु:ख देख्छु
यता उता बाटो घाटो

खुशी सबै गुमाएछु
आफ्नो ठान्दा तिमीलाई
कसो गरी बिताउँ अब
जिन्दगीको नीरस पाटो ।

4 comments:

Anonymous said...

www.guffgaaf.blogspot.com

Anonymous said...

वाह !! क्या गज्जबको गजल लेख्नुभएछ । मलाई त साह्रै मनपर्यो ।

कति मीठा थिए वाचा
सँगै बाँच्ने मर्ने हामी
आज कसलाई अंगाल्दैछौ
प्रिया तिमी मेरो साटो

यो लाइन चैँ साह्रै मनपर्यो ।

Anonymous said...

"खुशी सबै गुमाएछु
आफ्नो ठान्दा तिमीलाई
कसो गरी बिताउँ अब
जिन्दगीको नीरस पाटो ।"

दामी छ!!

Anonymous said...

धेरै धेरै धन्यवाद प्रवेशजी र साधनाजी लाई...