Sunday, October 26, 2008
Friday, October 24, 2008
झुठो साथ
चौतारीमा गाँसेको त्यो माया प्रीति छुट्न लाग्यो
जिन्दगीभर साथ दिने वाचा वन्धन टुट्न लाग्यो
दुई मुटु एक झैँ थियो किन आज फुट्न लाग्यो
मेरो खुशी म बाट नै कसले आज लुट्न लाग्यो
साथ दिने हातले नै मलाई आज कुट्न लाग्यो
जिन्दगीभर साथ दिने वाचा वन्धन टुट्न लाग्यो
ओभाना दुई नयनमा आज आँसु जुट्न लाग्यो
वियोगको जलनले नै मुटु मेरो भुट्न लाग्यो
वेवारीशे यो पागललाई नियतिले चुट्न लाग्यो
जिन्दगीभर साथ दिने वाचा वन्धन टुट्न लाग्यो ।
Wednesday, October 22, 2008
सागर हुँ म
तिमी सोच्थ्यौ होला, यो सागर पवित्र छ, कञ्चन छ-------------- तर एउटा सागर जसलाइ आफ्नै किनाराको पत्तो छैन, आफ्नै सीमाको अन्दाज छैन-------- उ आफ्नो निश्चलतामा कसरि निश्चिन्त रहन सक्ला र ? उसले कसलाइ मात्र बिन्ती गर्न सक्छ र, मलाइ नधमिल्याउ किनकि म कसैको निम्ति निर्मल रहिरहनु छ भनेर । उसलाइ नै थाहा छैन कती नदीहरु आफुमा समाहित हुन आउने गर्दछन्, केहि उसलाइ निश्चल बनाउन त केहि अरु दुषित बनाउनको निम्ती । सहारा खोज्ने सबैलाइ साथ दिन्छ तर कसैको नियत पहिले नै बुझ्न सक्दैन सागर । सागर त अनन्तसम्म फैलिएको छ---- पर क्षितीजलाइ समेत चुम्ने गरी, गगनलाइ अँगाल्ने गरी । उ क्षितीजको आँखामा अटेकै छ, गगनको मुटुमा लुकेकै छ अनि लमतन्न धर्तीको काखमा सुतेको छ । कोही भन्दैन सागरले मेरो मन दुखाएको छ, तर किन-किन किनारामा उभिएको इर्ष्यालु दुनियाँ भनीरहेछ----- सागर तिमी स्वार्थी छौ, घमण्डी छौ अनि तिमीले हामीलाइ गहिरो चोट दिएका छौ । दुनियाँले त सागरको किनारामा उभिएर केवल उसको सतहको मुल्यांकन गर्यो----- हो त्यहि सतह जसलाइ तीनै दुनियाँले आफु सफा बन्ने होडमा दुषित बनाएका थिए । अफशोस उनिहरुले सागरभित्र नियाल्ने कोशिश गर्न कहिल्यै आवश्यक ठानेनन्------- गहिराइमा पुग्दा सागर पनि निश्चल छ कि भनेर ।
थाहा छैन किन दुनियाँ एक्लो सागरको चोटमाथि चोट थप्नुलाइ मात्र आफ्नो विजय ठान्दछ, अनुपम गौरव मान्दछ । हो, सागर अटल छ तर मृत अवश्य होइन --------- सागर मौन छ तर शब्दविहीन छैन, भावविहीन छैन । एउटा अनौठो गुञ्जायस निरीह मनभित्रै साँचिराखेको छ, जसलाइ यो दुनियाँमा पोख्नुको कुनै अर्थ देख्दैन सागर । त्यसैले आज सागरलाइ खाँचो छ त एउटा स्वच्छ हृदयको, निष्कपट नजरको अनि एउटा निस्वार्थ मनको जसले उसलाइ त्यसरि नै बुझ्न सकोस् जस्तो उ वास्तवमा छ ।
हुन त सागरलाई आफ्नो अन्तर-पवित्रता कसै सामु सावित गर्नु छैन, निस्वार्थपनको ढोंग देखाउनु उसको रहर होइन, तैपनि दुनियाँले उसको गहिराइमा डुब्दै वास्तविकतालाइ बुझिदिउन् अनि इर्ष्यालु दुनियाँका नजरमा आत्मियताका भावहरु छाउन्---------- यसले नै सागरलाइ आत्मसन्तुष्टि दिनेछ अनि हिजो जस्तै आज पनि जीवन्त भै खुलेर हाँस्नेछ यो सागर ।

Tuesday, October 21, 2008
तिम्रा यादहरु
गोधुलीमा चियाउँछु
सधैं सधैं तिम्रो बाटो
भक्कानिन्छ मुटु मेरो
बल्झिदिन्छ फेरी खाटो
कति मीठा थिए वाचा
सँगै बाँच्ने मर्ने हामी
आज कसलाई अंगाल्दैछौ
प्रिया तिमी मेरो साटो
सम्हालुँ खै कसरी म
विरही यो जिन्दगीलाई
आफ्नै मात्र दु:ख देख्छु
यता उता बाटो घाटो
खुशी सबै गुमाएछु
आफ्नो ठान्दा तिमीलाई
कसो गरी बिताउँ अब
जिन्दगीको नीरस पाटो ।
सधैं सधैं तिम्रो बाटो
भक्कानिन्छ मुटु मेरो
बल्झिदिन्छ फेरी खाटो
कति मीठा थिए वाचा
सँगै बाँच्ने मर्ने हामी
आज कसलाई अंगाल्दैछौ
प्रिया तिमी मेरो साटो
सम्हालुँ खै कसरी म
विरही यो जिन्दगीलाई
आफ्नै मात्र दु:ख देख्छु
यता उता बाटो घाटो
खुशी सबै गुमाएछु
आफ्नो ठान्दा तिमीलाई
कसो गरी बिताउँ अब
जिन्दगीको नीरस पाटो ।
Monday, October 20, 2008
अन्तिम-पत्र
स्मृति,
आजभोलि किन-किन एकान्तमा आत्मा कहालिन्छ, अतितको मीठो सम्झनाले मुटु बिथोलिन्छ अनि मनको अन्तरंगमा पीडाका लप्काहरु दन्किदिन्छन्। तैपनि एउटा यस्तो जिन्दगी जसको विष्मातमा झरिदिने दुई थोपा आँसु छैन, हर्षमा मुस्कुराइदिने एक निस्वार्थ मुस्कान छैन, त्यही कथित जिन्दगीलाई नै अप्राप्य खुशीको आशामा सकीनसकी थामिरहनुलाई आफ्नो पुरुषार्थ ठानिरहेछु आज म ।
म त चुँडिएको चंगा जस्तै विना उद्देश्य कहिले बादलपारि लरबरिंदै त कहिले यो मरुस्थलमा पछारिंदै उडिरहेको थिएँ । शायद मेरो दुर्भाग्य नै होला, अनन्तमा वर्षा र आँधिको प्रहारसँगै म च्यातिएछु, निष्ठुरी चट्याङ् पनि मेरो जीवनको पाखामा नै परिदिएछ । विक्षिप्त मेरो जीवन आखिर अँध्यारो गल्लिमा रुमल्लिरहेको बस्तीभित्रको वेवारिशे आकृति बन्न पुगेछ, जो असह्य पीडाले निष्प्राण खोक्रो रुपमा परिणत भैसकेको थियो । अनायसै छेवैबाट आएको कसैको हाँसोको अट्टहास अनि आँखा नै तिर्मिर्याउने प्रकाशले ममा कता-कता चल्बलाहट ल्याउन थालेछ । बर्षौंदेखि थाकेका शीथिल हातहरुले निष्तेज बन्द आँखा उघार्दै हेरें, कालरात्रिको सन्नाटालाइ बिदा दिंदै अनि उषाका रक्तिम किरणहरुलाइ आफ्नो पछ्यौरी बनाउँदै झुल्किएको मनोहर प्रभातसँगै तिमी त आफन्त बन्ने रहर बोकेर मेरो छेवैमा आईसकेकी रहिछौ, मेरो जीवनको खाली क्यानभासमा आत्मियताका रंगहरु भर्दै केही रंगीन बनाउने धुनमा लागिसकेकी रहिछौ । म त्यो पल अझै पनि सम्झिरहन्छु, जब तिमी गोधुली साँझमा क्षितीज चियाउँदै अनि कल्पनाको सागरमा डुबुल्की मारेर विश्वासका खम्बाहरु उभ्याउने गर्थ्यौ, मलाई जीवनको कठिन यात्रा पार गर्न सिकाउँथ्यौ । हो स्मृति, तिम्रा ती सहानुभुति अनि प्रेरणाको साथले नै मेरो जिन्दगीमा एउटा अनुपम वहार आएको थियो जसले मृतप्राय: मेरो जिजीविषालाइ पुन: जगाउन थालेको थियो । तिमी भन्ने गर्थ्यौ, झरनाहरुमा थोपा-थोपा मिले झैं दुई आत्माका भावनाहरु मिलाउँदै हामी पनि मनभरीका वेग र आवेगमा, संगमका लहरहरुमा मिल्न सक्छौं । आखिर तिम्रै चाहना अनुरुप विश्वासको प्यालामा जिन्दगीको मदिरा थप्दै, हृदयको क्षितिजमा श्रद्धाका रंगहरु भर्दै हामीले यात्रा शुरु गर्यौं अनि मनको मिलनको आशामा तिमी र म अघि बढ्दै गयौं, खुल्ला आकाशका दुई पंक्षीहरु जस्तै । जुन र तारा मिले झैं, हिमाल मुस्कुराए झैं कता-कता प्रकृति नै हर्षित भए झैं आभास हुन्थ्यो त्यस बखत मलाइ । तिमी कति महान थियौ, कति उदार थियौ जो आफ्ना सारा रहरहरुलाइ थाँती राखेर संसारभरका खुशीहरु केवल मेरै निम्ती सँगाल्दै सप्तरंगी ईन्द्रेणीका रेखाहरुले क्षितिजलाइ सजाए झैं मेरो खण्डहर जीवनलाइ सजाउन चाहन्थ्यौ ।
समयको जवानीसँगै हाम्रो यात्राको दौरानमा तिमी अलि अगाडि पुगिछौ, म तिमी भन्दा अलि पछाडि छाडिएछु । यो अगाडि पछाडि पाइलाको फरकमा हामी फेरी पनि एक्ला-एक्लै भएछौं अनि वेग्ला-वेग्लै, नितान्त वेग्ला-वेग्लै । म जति तिम्रो नजिक पुग्न खोज्थें, सामीप्यताको बन्धन तोड्दै तिमी झन टाढा पुगिसकेकी हुन्थ्यौ मेरो निम्ती फगत मृगतृष्णा बनेर । मैले ठम्याउनै सकिन खै कहाँबाट असमानताको पर्खाल खडा भइदिएछ ,विश्वासघातको आँधी चलिदिएछ अनि मलाई एउटा अपुरो अधुरो यात्रामा छाडेर तिमी ऋतुसरी बदलिईदिईछौ । यो पनि म कसरी सोच्न सक्थें र कि त्यती छिट्टै आस्थाका पर्खालहरु लरबराउनेछन्, भावनाका पखेंटाहरु भाँचिनेछन् अनि अटुट लाग्ने तिम्रा वाचाहरु खोक्रो र फोस्रो भई शुन्यतामा बिलाउनेछन्, केवल सम्झनाले भिजाएका परेलीहरु अनि चोटहरुले सजिएको मेरो मुटु प्रेमोपहार स्वरुप मलाई नै सुम्पिएर । आज तिमी खुशी छौ कि छैनौ, म यसै कसरी भन्न सक्छु र? तर म त नदीका दुई किनार झैं टाढिएको हाम्रो स्वप्निल संसारभित्र आफ्नो अतित चियाउँदै प्रत्येक दिन प्रतिक्षा अनि प्रत्येक रात सम्झना को भेलमा अविरल बगिरहेको छु । जीवनको फूलबारी सजाउने उमंगमा वसन्तको वहार खोज्न निस्केको म आज अञ्जुलीभरी काँडाका उपहार र नयनभरी हिउँदको झरी लिई फर्किरहेछु अनि भत्किएका परेलीका डिलबाट नतमस्तक मेरा सारा लक्ष्यहरु चुहाईरहेछु । मेरो अन्तरहृदयको रंगमञ्च जो हिजो सम्म केवल प्राप्तिको अट्टहासमा गुञ्जायमान हुने गर्दथ्यो, आज प्रतिशोध र क्रन्दनको भुमरीमा रुमल्लिरहेको छ । यस्तो लाग्थ्यो संसार एउटा सुन्दर बगैंचा हो जसका सारा फूलहरु पनि मेरो जीवनमा वहार ल्याउनको निम्ती आतुर छन् तर मलाई के थाहा सुन्दर ती फूलहरु एकाएक ओईलाई झरिदिनेछन् मेरो जीवनलाई उजाड-उजाड बनाएर । कुनै दिन थियो म शिशिरको नांगो रुखमा पनि जीवन मुस्कुराएको देख्ने गर्थें तर आज त बसन्तको हरियालीमा पनि जीवन रोइरहेको देख्छु । थाहा छ, हाम्रो विश्वासको महल त भत्किसकेको छ, छातीभित्रका भावनाहरु तुषारोले कठ्याङ्ग्रिसकेका छन तैपनि तिमी जती नै टाढा भए पनि मैले चाहेर पनि तिमीलाई भुल्न सक्दिन । चाहे तिमी सम्झ या बिर्स, गहभरीका आँसु अनी मनभरिका व्यथा सहेरै पनि यो निरीह मुटुमा अनन्तसम्म तिम्रो याद सजाइराख्नेछु । एउटा अप्राप्य निधीको रुपमा सदा सदाको निम्ती मेरो मानसपटलमा केवल 'स्मृति' बनी नाचिरहनेछौ तिमी अनि त्यही प्राप्तिको मर्मभित्र मर्माहित भई तिम्रै हृदयको परिवेशमा बरबाद भई हाँसीरहनेछु म । हुन त एउटै मुटुको धड्कनभित्र सबैको प्रेम अट्ने भईदिएको भए शायद प्रेमको अर्थ नै हुने थिएन, कारण प्रेम त दुई अक्षरको शब्द जस्तै दुई आत्माको मिलन हो, प्रभात र रक्तिम आभा भनौं या त सुनगाभा र सौन्दर्यको मिलन जस्तै । तैपनि सम्झनाको सीमाभित्र प्रेम पल्लवीत गराउने झुठो आशामा आकाश र धर्तिको मिलन हेर्दै मौन हृदयको जलनसँगै मीठो मिलनको प्रतिक्षा गरिरहनेछु । निष्तब्ध रातमा टिलपिल-टिलपिल गर्दै चम्किरहेको एक्लो तारा झैं जीवन जिउने संघर्ष गर्दै अथाह पीडाको सागरमा डुबेरै पनि वाचास्वरुप तिमीले टोकेको औंलाको चोटबाट रगतको नदी तिम्रै तस्विरमा बगाउँदै हरपल नशाको बेहोशीमा उजाड बिपनाको बगैंचाभित्र एउटा नमीठो सम्झौतामा रमाउने दुष्प्रयास गर्दैछु ।
स्मृति, आखिर कोमल मुटु न हो, जति सम्हाल्न खोजे पनि कहिलेकहीं चसक्क घोच्दोरहेछ, नमीठोसँग दुख्दोरहेछ अनि व्यर्थै बाँचे झैं जीवनका क्षण-क्षण बिताउन युगौं लाग्दोरहेछ । अझै मुटुमा दन्केको वियोगको ज्वालालाई आँसुको धाराले निभाउने अथक प्रयास गर्दा गर्दै झन दन्कँदोरहेछ । हुन त जब चोट उम्लिन्छ, आँसु नपोखिएर अरु के नै पो पोखिन्छ र, जब हृदयमा ठेस लाग्छ, मुटु नदुखेर अरु के नै पो दुख्छ र? फेरी म तिमीप्रती कुनै गुनासो गर्न पनि त सक्दिन, कारण तिमीले त एउटै मुटु न दुखाएकी हौ, एकै जनालाई न पराई बनाएकी हौ तर मैले त केवल तिम्रो हृदयको मझेरीमा बास पाउने झीनो आशामा कति निश्चल आत्माहरुमा चोट पुर्याएको थिएँ, कतिबाट बिना अर्थ पराइ भएको थिएँ, होइन र? जे होस् अब त समय पनि धेरै टाढा छैन होला जब सुक्नेछन् मेरा सारा आँसुहरु अनि पीडाले रोकिनेछ जीवनको बाटो, तब तिमी आउनेछौ होला मेरो लागि श्रध्दाका दुई थोपा आँसु चढाउन । तर त्यतिखेर तिमीलाई पूर्ण स्वतन्त्रता हुनेछ, चाहे खुशी मनाउ या आँसु बगाउ कारण मेरो जिन्दगी आफ्नै चोखो विश्वासहरुसँगै चीर निन्द्राको बिछ्यौनामा सुस्ताइरहेको हुनेछ अनि प्राप्तिका चाहनाहरु जस्तै खरानी भई खुल्ला गगनमा उडीरहनेछ जहाँ कुनै आँधिको पर्वाह हुने छैन, कहीं कतै मिलनको आशा रहने छैन ।
तिमी बिनाको
सागर

Subscribe to:
Posts (Atom)