Friday, October 24, 2008

झुठो साथ


चौतारीमा गाँसेको त्यो माया प्रीति छुट्न लाग्यो
जिन्दगीभर साथ दिने वाचा वन्धन टुट्न लाग्यो

दुई मुटु एक झैँ थियो किन आज फुट्न लाग्यो
मेरो खुशी म बाट नै कसले आज लुट्न लाग्यो
साथ दिने हातले नै मलाई आज कुट्न लाग्यो
जिन्दगीभर साथ दिने वाचा वन्धन टुट्न लाग्यो

ओभाना दुई नयनमा आज आँसु जुट्न लाग्यो
वियोगको जलनले नै मुटु मेरो भुट्न लाग्यो
वेवारीशे यो पागललाई नियतिले चुट्न लाग्यो
जिन्दगीभर साथ दिने वाचा वन्धन टुट्न लाग्यो ।


2 comments:

Anonymous said...

Nice blog and quite too. This is a new type of blog I have found.

We have recently launched a Nepali social bookmarking site Goreto.co.cc. In this you can share a lot of news, articles and other stuffs like digg.com. But its intended to Nepali web surfers.

You can submit your blog posts, other news, vote for different news , posts comments and lots of other stuffs after logging to the site.

You are invited to register.

Anonymous said...

धेरै राम्रो लाग्यो तपाईँको गीत मलाई त । अलि नौलो खालको किनभने सबै लाइनको अन्त्यानुप्रास मिलेको थियो । यस्तो खालको रचना कमै देखिन्छ । साह्रै राम्रो !!